राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !

सारांश

  • काठमाडौं, १ असार ।
  • राष्ट्रिय जनता पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
  • उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै राजपा पनि सरकारमा जानेबारे केही दिन यता हल्ला चलिरहेको थियो ।

काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै राजपा पनि सरकारमा जानेबारे केही दिन यता हल्ला चलिरहेको थियो । तर, राजपाभित्र सरकारमा जाने कि नजानेभन्नेबारे अहिले दुई समूह बनेको छ ।

स्रोतका अनुसार सरकारमा जानेबारे अध्यक्ष मण्डलका सदस्यद्धय राजेन्द्र महतो र शरदसिंह भण्डारी आँतुर छन् । तर, अध्यक्ष मण्डलका अन्य सदस्यहरु भने तत्काल सरकारमा नजानेमा छन् ।

शुक्रबार  मात्रै पनि राजपाका केही नेताहरुको बैठक बसेको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले  राजपा तत्काल सरकारमा नजाने नै निर्णय भएको संचारकर्मीलाइ बताए। उनले भने,‘केही दिनयता हाम्रो पार्टी सरकारमा जाने भन्नेबारे हल्ला चलिरहेको छ, हामीलाई त आश्चर्य लागेको छ, यो सरकारमा जाने भन्ने हाम्रो पार्टीभित्र को–को छन्, बरु हामीलाई नाम दिनुहोस् त, ज–जसले अभिव्यक्ति दिए, तीनीहरुको अभिव्यक्ति पार्टी हित विपरित छ।’

संविधान संशोधन गरेरमात्रै आफ्नो पार्टी सरकारमा जाने यादवको भनाई थियो । त्यस्तै सांसद रेशम चौधरी लगायत जेलमा रहेका राजपाका नेता तथा कार्यकर्ताहरुको तत्काल बन्दी रिहाई भए सरकारमा जानेबारे पार्टीले सोच्न सक्ने उनको भनाई छ ।

यसै क्रममा सरकारमा जाने नजाने निर्णयकाे लागि राजपाका सांसद रेशम चाैधरि देखाउने दाँत भएकाे हल्ला सुनिन थालेकाे छ । राजपा अाफुभित्रैकाे विवाद मिलाउन नसकेर सांसद चाैधरीलाइ देखाइरहेकाे जानकारहरू बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?