डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने

सारांश

  • सुर्खेत, १८ असार ।
  • जुम्लामा शनिबारदेखि अनसनमा बसेका हाडजोर्नी चिकित्सक डा.
  • गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा रहेको छ ।

सुर्खेत, १८ असार । जुम्लामा शनिबारदेखि अनसनमा बसेका हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा रहेको छ । डा. केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

“२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ । स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ”, मेडिकल डाइरेक्टर रोकायाले भने । बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनसन बसेकाले डा. केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा. केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएको बताए । “डा. केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुस्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौं”, प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

डा. केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिगँ्रदै गएको प्रजिअ पौडेलले बताए । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ । अनसनरत डा. केसीका समर्थकले भने उनको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ram Rungmahang Rai

    यो के सि को काल आउदैन कि के हो

    Comment Author

    Mohan Angla Limbu

    Hotti marxa kun din kc

    Comment Author

    Ram Rai

    नगर भन्दा भन्दै पनि अनशन बस्ने अनि स्वास्थ्य र सुरक्षाको जिम्मा सरकारले लिनु पर्ने?सरकार भन्दा ठूलो हो र के सी?आफ्नो काम गर्दै जाउ सरकार ,बाल मतलव।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन
मन्त्री अर्याल भन्छिनः गुठी विधेयक खारेज हुँदैन
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव
नेपाल प्रहरीमा नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

तपाईंले छुटाउनुभयो कि?