नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

सारांश

  • काठमाडौँ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन् ।
  • आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताएका छन् । आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उनले नेपाल–बङलादेशको सम्बन्ध परापूर्वकालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताए ।

उनले भने, “हामी बीचमा श्रमको आदान प्रादन हुनुपर्छ, राजनीतिक हिसाबले उतार चढाव भए पनि हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ ।” उनले नेपाल–बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध राजनीतिभन्दा बलियो भएको र कहिले नटुट्ने सम्बन्ध भएको जिकिर गरे ।

मन्त्री भण्डारीले नेपाल, भारत र बङ्गलादेश नजिकका मित्र देश भएकाले हाम्रो एक आपसमा मित्रता अधिक रहेको र एक अर्कालाई दुःख पर्दा हामीले एक आसपमा सहयोग आदान प्रदान गर्न आवश्यक रहेकोसमेत बताए । नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमले तीन देशबीचको मित्रता अझ थप प्रगाढ भएको मन्त्री भण्डारीको भनाइ थियो ।

दिपायल सिलगढी नगरपालिका डोटीका नगरप्रमुख बाजीसिंह खड्काले नेपाल र बङ्गलादेशको सम्बन्धलाई सधा सर्वदा कायम राख्नतर्फ सधैँ अग्रसर रहने बताए । उनले भने, “हामीले अहिले बङ्गलादेशका नागरिकलाई नेपाल ल्याएका छौँ, हामी पनि बङ्गलादेश जानेछौँ, हाम्रो सम्बन्ध सदासर्वदा कायम राख्न हामी सधैँ तत्पर रहने छौँ ।” उनले बङ्गलादेशका नागरिकहरूलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड, बडिमालिका, अपिसैपाल, बडिकेदारलागयतका स्थानहरूको भ्रमणका लागि आग्रहसमेत गरे ।
  
डोटीको दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पर्यटन बोर्डको समन्वयमा नेपाल–बङ्गलादेश मैत्री सङ्घले उक्त नेपाल, भारत र बङलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमको आयोजना गरेको थियो । उक्त समारोहमा नेपाल, भारत र बङ्गलादेशका दर्जनौँ स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
३३ किलो सुन प्रकरण: अभियुक्तको सम्पत्तिमाथि अनुसन्धान हुने
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
गर्मीमा  मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू
गर्मीमा मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
बैशाख २३ गते मंगलबारको राशिफल यस्तो छ
बैशाख २३ गते मंगलबारको राशिफल यस्तो छ
जसपामा तेस्रो गुट सक्रिय
जसपामा तेस्रो गुट सक्रिय