नायब सुब्बाविरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
नायब सुब्बाविरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौँ, २० असार ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कँडेलले नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगको टे«डमार्क चिह्न प्रदान गर्ने सिलसिलामा रु ३३ हजार घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कँडेलले नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगको टे«डमार्क चिह्न प्रदान गर्ने सिलसिलामा रु ३३ हजार घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

नायब सुब्बा कँडेलले कुशश्री विकमार्फत घूस लिएका थिए । लिएको रकममध्ये रु एक हजार आफैसँग राखी रु ३२ हजार कँडेललाई उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले बिगोसमेत असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?