कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जेलमा
सारांश
- जेललाई सुधार गृहमा विकास गरिनेछ : मुख्यमन्त्री शाही सुर्खेत, २१ वैशाख ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जेललाई सुधार गृहका रुपमा विकास गरिने बताएका छन् ।
- शुक्रवार सुर्खेत कारागारको निरीक्षणमा पुगेका मुख्यमन्त्री शाहीले अपराधमुक्त समाज निर्माणको लागि जेललाई सुधारगृहमा विकास गर्नुपर्नेमा जोड दिए ।
जेललाई सुधार गृहमा विकास गरिनेछ : मुख्यमन्त्री शाही
सुर्खेत, २१ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जेललाई सुधार गृहका रुपमा विकास गरिने बताएका छन् । शुक्रवार सुर्खेत कारागारको निरीक्षणमा पुगेका मुख्यमन्त्री शाहीले अपराधमुक्त समाज निर्माणको लागि जेललाई सुधारगृहमा विकास गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले कैदीहरुलाई आयआर्जन र उत्पादनमूलक काममा लगाएर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन सकिने बताए । “आयआर्जन र उत्पादनमूलक कामका लागि आवश्यक बजेट तथा कच्चा पदार्थ र बजारको व्यवस्था सरकारले गर्छ ।” कैदीबन्दीहरुको ज्ञापनपत्र बुभ्mदै मुख्यमन्त्री शाहीले भने, “तपाईहरु खाली हात नबस्नुस, उत्पादनमूलक काममा लाग्नुहोस ।”
कारागारमा कैदीहरुले आधारभूत मानवीय सुविधा पाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले कारागारमा देखिएका शौचालय, खानेपानी, पुस्तकालय, खेल सामग्री लगायतका समस्या समाधानका लागि जेल प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले कैद सजाय भुक्तानपछि समाजमा पुनस्र्थापित हुन सजिलोको लागि कैदीहरुलाई मनोसामाजिक तथा सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
५० जनाको क्षमता रहेको कारागारमा १ सय ९७ जना कैदी रहेको बताउँदै कैदीबन्दीहरुले निर्माणाधीन भवन यथाशीघ्र निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । मुख्यमन्त्री शाहीसँग कैदीबन्दीहरुले उपचार तथा अदालत आवतजावतका लागि गाडी, औषधि, सीपमूलक तालिम लगायतका माग पनि राखेका थिए । कारागार निरीक्षणमा मुख्यमन्त्री शाहीसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी पनि पुगेका थिए ।
Santosh Raj Uprety
Hawa
Khadga Poudel
5 बर्ष सम्म बताएरै जान्छ यिनिहरुको कार्यकाल त्यसपछी अर्को के गर्छ हेर्न बाकी ?