अनमोल केसी विरुद्ध कसले हाल्यो प्रहरीमा उजुरी ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १७, २०७६
|
|
४१ पटक हेरिएको
Shares
अनमोल केसी विरुद्ध कसले हाल्यो प्रहरीमा उजुरी ?

सारांश

  • पछिल्लो समयका चर्चित र लोकप्रिय नायक अनमोल केसीले चलचित्रमा अभिनय गर्ने भनि पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि ठगीको उजुरी परेको छ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।
  • फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

पछिल्लो समयका चर्चित र लोकप्रिय नायक अनमोल केसीले चलचित्रमा अभिनय गर्ने भनि पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि ठगीको उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।

फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । धुपौरेमा केसी खेल्ने चर्चा धेरै अघि भइसकेको थियो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ । यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
प्रधानमन्त्री देउवा न्यूयोर्कमा
प्रधानमन्त्री देउवा न्यूयोर्कमा
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
ट्रेण्डिङमा उक्लिदै दुर्गाको ‘भेटेरै सु्न्नु छ’
ट्रेण्डिङमा उक्लिदै दुर्गाको ‘भेटेरै सु्न्नु छ’
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी