निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

सारांश

  • काठमाडौँ, ८ जेठ ।
  • नेकपा (माओवादी केन्द्र) हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो ।

काठमाडौँ, ८ जेठ । नेकपा (माओवादी केन्द्र) हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो ।

पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ ।

बैठकले सङ्ख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट सङ्ख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताउनुभयो ।

बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
चितुवाको छालासहित दुई पक्राउ
चितुवाको छालासहित दुई पक्राउ
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
माघ १२ गते सोमवारको राशिफल यस्तो छ
माघ १२ गते सोमवारको राशिफल यस्तो छ