काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…

सारांश

  • उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज काठमाडाैंमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेटर छोरीले न्याय पाउने झिनो आशाका साथ एक सातापछि घर फर्किएका छन् ।
  • पन्त दम्पती भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा सोमबार साँझ आइपुगेका हुन्।
  • यज्ञराजले प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्ने आश्वासन दिएकाले न्याय पाउनेमा आशा जागेको बताए ।

उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज काठमाडाैंमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेटर छोरीले न्याय पाउने झिनो आशाका साथ एक सातापछि घर फर्किएका छन् । पन्त दम्पती भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा सोमबार साँझ आइपुगेका हुन्।

यज्ञराजले प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्ने आश्वासन दिएकाले न्याय पाउनेमा आशा जागेको बताए ।‘प्रधानमन्त्रीले निर्मलाको म पनि अभिभावक हुँ । दुई महिना भनेको धेरै ढिलो होइन, जसरी पनि दोषीलाई पत्ता लगाएरै छाड्छु भनेर हामीलाई आश्वासन दिनुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीको आश्वासनले अलि आशा जागेको छ।’

देशको प्रधानमन्त्रीले जसरी पनि दोषी पत्ता लगाएर न्याय दिलाउँछु भनेकाले छोरीले न्याय पाउने आशा बोकेर घर फर्केको उनी बताउँछन् । सुरुदेखि विश्वास टुटेकाले छोरीले न्याय पाउनेमा पूर्ण विश्वास भने हुन नसेको उनी बताउँछन्। ‘सुरुबाटै हाम्रो विश्वास टुटेको छ । देशको प्रधानमन्त्रीले भनिसकेपछि अलिक आशा त पलाएको छ तर अझै पनि छोरीले न्याय पाउनेमा पूरै विश्वस्त हुन सकेका छैनौं’, उनले भने । प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर आफ्ना व्यथा सुनाउन पाउँदा मन हलुको भएको उनीहरू बताउँछन्।

आजको नागरिक दैनिकमा खबर छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
‘पिर’को तिरले उत्पन्न तरंग !
‘पिर’को तिरले उत्पन्न तरंग !
गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ – दाहाल ।
गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ – दाहाल ।
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।
नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही

तपाईंले छुटाउनुभयो कि?