नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
सारांश
- काठमाडौं, बैशाख १२– नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरेको पार्टीको चुनावी घोषणपत्रमा समेटेको छ ।
- पार्टीको घोषणापत्रमा कांग्रेसले विभिन्न २५ बुँदामा देशवर्षपछिको देशको अवस्थाको कस्तो हुनेछ भन्ने परिकल्पना १.
- मध्यम–आय भएको, उद्यममैत्री, गतिशील, लोककल्याणकारी राज्य ।
काठमाडौं, बैशाख १२– नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरेको पार्टीको चुनावी घोषणपत्रमा समेटेको छ ।
पार्टीको घोषणापत्रमा कांग्रेसले विभिन्न २५ बुँदामा देशवर्षपछिको देशको अवस्थाको कस्तो हुनेछ भन्ने परिकल्पना
१. मध्यम–आय भएको, उद्यममैत्री, गतिशील, लोककल्याणकारी राज्य ।
२. दोहोरोअङ्ककोवार्षिक आर्थिक बृद्धि हासिल ।
३. हरेक वर्षकम्तिमा रु. १०० अर्ब बराबरकोविदेशी लगानी भित्रिएको।
४. स्वदेशी र विदेशी निजी लगानीलेवर्षेनी तीन लाख भन्दा बढी रोजगारी सिर्जना ।
५. गरिबीकोरेखामुनी रहेका जनताकोहिस्सा ३ प्रतिशत भन्दा कम ।
६. अधिकांश नेपाली मध्यमवर्गीय स्तरका ।
७. समग्रमा ९५ प्रतिशत नेपालीेसाक्षर ।
८. सबैयुवाहरु (१५ देखि २४ वर्षका) साक्षर र कुनैन कुनैविषयमा सीप र दक्षता हासिल ।
९. नेपालमा कुपोषण र भोकमरी निर्मुल ।
१०. औसत नेपालीकोआयु ७७ वर्ष ।
११. शिशुमृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटेर ५ र मातृमुत्युदर २५८
(प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० ।
१२. १०,००० मेगावाट भन्दा बढी ऊर्जाकोउत्पादन ।
१३. आफ्नोआन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात र नेपालकोअन्तर्राष्ट्रिय छवि
“शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र” ।
१४. काठमाडौं–मधेश एक्सप्रेसवेलगायत ४ देखि ६ लेनका १००० कि.मी भन्दा बढी
द्रुत–मार्ग, ५०० कि.मी. भन्दा बढी रेल्वेलाईन, ५०,००० भन्दा बढी कि.मी.
कालोपत्रेसडक र टनलकोसंजाल निर्माण ।
१५. चारवटा अन्तर्राष्ट्रिय विमानस्थलहरुकोसंचालन ।
१६. प्रत्येक बर्ष३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिनेर चालीस लाख नेपालीहरुको
पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी ।
१७. तराई–मधेशका र पहाडका १८ लाख हेक्टर भन्दा बढी खेती योग्य जमीन बाह्रै
महिना सिंचित ।
१८. प्रमुख तरकारी र खाद्यान्नहरुमा नेपाल आत्मनिर्भर ।
१९. मोबाइल फोन कोपँहुच जनसंख्याको अनुपातमा १३५ प्रतिशत पुगेकोर इन्टरनेट
सबैगाउँतथा नगरपालिकामा उपलव्ध ।
२०. नेपालको ७५ प्रतिशत भन्दा बढी जनसंख्याको व्यबस्थित, सुविधासम्पन्न,
आधुनिक नगरहरुमा बसोबास ।
२१. सबैनयाँभवनहरु अनिवार्य रुपलेभूकम्प प्रतिरोधी ।
२२. बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपद्का अकालमा मृत्युहुनेकोसंख्या
अहिलेकोवार्षिक औसत ४१५ जनाबाट घटेर २ दर्जन भन्दा कम ।
२३. नेपालको४५ प्रतिशत भू–भाग वनलेढाकेकोहुने, जलवायुपरिवर्तन र अल्प–कालीन
जलवायुप्रदूषकहरुकोनकारात्मक प्रभावलाई यथासम्भव न्यूनीकरण ।
२४. सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाहरु वातावरण संरक्षण, आर्थिक
विकास तथा सामाजिक सेवामा तत्परताका साथ सहकार्य ।
२५. सबैतहमा संसदीय लोकतन्त्रकोजगमा समावेशी, उत्तरदायी, भ्रष्टाचार–रहितशासन व्यवस्था कायम ।
Golden Oak
प्रतिक्रिया