‘पत्रकार धर्तीका सबैभन्दा बेइमान मानिस:ट्रम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
१६१ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारलाई धर्तीको सबैभन्दा बेइमान मानिसको संज्ञा दिएका छन् ।
  • ट्रम्पले मिडियाको शपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थितीको झुटो रिपोर्ट देखाएका कारण यसको नतिजा भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
  • न्यूज एजेन्सीका अनुसार ट्रम्पले सिआइएको मुख्यालयमा भने, ‘मैले ठूलो मैदानमा शपथ लिएँ जुन मानिसले खचाखच भरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारलाई धर्तीको सबैभन्दा बेइमान मानिसको संज्ञा दिएका छन् । ट्रम्पले मिडियाको शपथ ग्रहण कार्यक्रममा कम मानिसको उपस्थितीको झुटो रिपोर्ट देखाएका कारण यसको नतिजा भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

न्यूज एजेन्सीका अनुसार ट्रम्पले सिआइएको मुख्यालयमा भने, ‘मैले ठूलो मैदानमा शपथ लिएँ जुन मानिसले खचाखच भरिएको थियो । तपाईं देख्न सक्नुहुन्थ्यो ।’

– ‘तर मैले बिहान एक च्यानल खोलें तब देखें कि मैदान खाली देखिएको थियो ।’

– ‘म भन्छु, जब मैले भाषण दिइरहेको थिएँ तब त्यहाँ लाखौं मानिसहरु थिए र तपाईं खाली मैदान देखाइरहनुभएको छ ?’

– अब मिडियासँग आफ्नो लडाईं सुरु भएको पनि उनले बताएका छन् ।

त्यहाँ पानी पनि परिरहेको थियोः

– ट्रम्पले भने, ‘तपाईं (मिडिया) भन्नुहुन्छ, डोनल्ड ट्रम्पले राम्रो भीड जुटाउन सकेन । म भन्छु, त्यतिबेला पानी पनि परिरहेको थियो जसले धेरैजसो मानिसलाई त्यहाँ आउनबाट रोक लगायो । ’

– ‘पानी परिरहेको बेला पनि मैले आफ्नो भाषण जारी राखें । मेरो लागि त्यहाँ शानदार माहौल थियो किनभने त्यहाँ लाखौं मानिसको उपस्थिती थियो ।’

– ‘मलाई अहिले लागिरहेको छ कि मैले त्यतिबेला निकै गल्ती गरेर त्यो च्यानल लगाएँ जसले शपथ ग्रहणका बेला खाली मैदान देखाएको थियो ।’

मिडिया भन्छ, मैले २ लाख ५० हजार मानिस जुटाएँ

– ट्रम्पले भने, ‘मिडियाका अनुसार मैले २ लाख ५० हजार मानिस जुटाएको भन्छ । यो नराम्रो होइन तर यो झुटो हो ।’

– ‘वास्तवमा हामीले एक सानो मैदानमा २ लाख ५० हजार मानिस जुटायौं । बाँकी मानिसहरु २० अन्य स्थानमा फैलिएका थिए ।’

– ‘वासिङ्टन मोनुमेन्ट्स जाने सबै बाटो मानिसले भरिएको थियो ।’

– ‘यसरी मैले उनीहरुको (मिडिया) को झुटलाई निकै उत्कृष्ट ढङ्गले समातें ।’

– ट्रम्पले चेतावनी दिए, ‘मलाई लाग्छ यसका लागि उनीहरुले (मिडिया)ले ठूलो मूल्य चुकाउनु पर्छ ।’

(https://blogs.20minutos.es)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि किन सर्यो ?
सोमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि किन सर्यो ?
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
मठ मन्दिरहरुमा मागेर बस्न पाउनु जायज की नाजायज ?
मठ मन्दिरहरुमा मागेर बस्न पाउनु जायज की नाजायज ?
अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

तपाईंले छुटाउनुभयो कि?