अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

सारांश

  • कायरो ।
  • इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् ।
  • बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरो । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् ।

बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो ।

आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?