आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
सारांश
- काठमाडौं ।
- सरकारले पत्रकारलाई नियन्त्रण गर्ने विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गर्न माग गरेको छ ।
- महासंघले सरकारले ल्याएको विधेयकमा सच्चाउन नसकेमा अन्तर्राष्ट्रिय मिडिया गुहार्ने समेत महासंघले बताएको छ ।
काठमाडौं । सरकारले पत्रकारलाई नियन्त्रण गर्ने विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गर्न माग गरेको छ । महासंघले सरकारले ल्याएको विधेयकमा सच्चाउन नसकेमा अन्तर्राष्ट्रिय मिडिया गुहार्ने समेत महासंघले बताएको छ ।
महासंघको बैठकले विधेयक सरकारले फिर्ता लिनुपर्ने माग गर्दै त्यसका लागि दवाब मुलक कार्यक्रम समेत तय गरेको छ । आजदेखि संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
प्रावधानले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने निष्कर्ष निकालेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल व्यवहारमा रहेको प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी प्रेसमाथि नियमन गर्ने उद्देश्यले मिडिया काउन्सिल स्थापना गर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ ।
संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा विधेयक ल्याइनुपर्ने महासंघको माग छ ।
महासंघले संसदमा विचाराधीन रहेको विज्ञापन र सूचना प्रविधि सम्बन्धी ऐनमा रहेको प्रेस स्वतन्त्रता बिरोधी दफा सच्याउन समेत ध्यानाकर्षण गराएको छ ।
महासंघले सरकार तथा संसदलाई दवाब दिन छलफल, ज्ञापनपत्र बुझाउने, पत्रकारहरुले कालोपट्टी बाँधेर काम गर्ने तथा देशैभर संचार साधन सहित वृहत प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया