एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
३० पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

सारांश

  • काठमाडौं ।
  • नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
  • उहाँले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिनुभएको हो ।

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४औं वर्ष (आजादीका अमृत महोत्सव) अर्थात् भारतीय गणतन्त्र दिवसका अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

ट्विटमा उहाँले गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासका मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?