पार्टी प्रवक्ताबाट हटाइदै नारायणकाजी ! के हाे वास्तबिक्ता?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पार्टी प्रवक्ताबाट हटाइदै नारायणकाजी ! के हाे वास्तबिक्ता?

सारांश

  • काठमाडौं, २६ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाहिनेभन्दा बढि नै बोलेको भन्दै सच्चिनको लागि निर्देशन दिएको खुलासा भएको छ ।
  • स्रोतका अनुसार पछिल्लो समय ओली प्रवक्ता श्रेष्ठसँग रुष्ट छन् ।

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाहिनेभन्दा बढि नै बोलेको भन्दै सच्चिनको लागि निर्देशन दिएको खुलासा भएको छ । स्रोतका अनुसार पछिल्लो समय ओली प्रवक्ता श्रेष्ठसँग रुष्ट छन् । श्रेष्ठले पार्टीविरुद्ध अभिव्यक्ति दिने र गतिवधि दिने काम गरेर खुरापाती गरेको ओलीनिकट नेताहरुको आरोप छ ।

सत्तारुढ दल नेकपा आन्तरिक किचलोको चंगुलमा फसेको छ । सचिवालय बैठक बस्ने दिन अध्यक्ष केपी ओलीप्रति रुष्ट बन्दै चार जना नेताले बैठक नै बहिष्कार गरेपछि दिनप्रतिदिन विवाद बढिरहेको छ । तपाईको पार्टी्भित्र विवाद बढ्दै गयो । प्रवक्ता नारायणकाजी श्रेष्ठले त प्रधानमन्त्रीले पार्टी चलाउनु हुँदैन भन्नुभयो । बैठक पनि बहिष्कार हुन थाल्यो । समस्या चुलिएको हो ? भनेर पत्रकार धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई प्रश्न गरेका थिए ।

उनले भनेका छन्,‘नारायणकाजी श्रेष्ठ बैठक छोडेर हिँड्नुहुन्छ । बैठकमा राख्नुपर्ने कुरा रेडियो र टेलिभिजनमा भन्दै हिँड्नुहुन्छ । यो त पार्टी्विरुद्ध भइहाल्यो नि । उहाँ प्रवक्ता हो हाम्रो । प्रवक्ताले त विधि सिकाउनुपर्यो । भएका निर्णय सार्वजनिक गर्नुपर्यो । बैठक छोडेर हिँड्नुहुन्छ । बैठकमा के निर्णय भयो थाहै पाउनुहुन्न । हाम्रो प्रवक्ताजीको तरिका ठीक भएन ।’

(रिपाेर्टश नेपाल बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?