पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही

सारांश

  • ललितपुर, २८ मङ्सिर , पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन ।
  • जिल्लाका शहरी क्षेत्र र ग्रामीण क्षेत्र दुवैतिर बस्ने धेरै लाभग्राहीले प्रवलीकरणमा जान चाहेका छन् ।

ललितपुर, २८ मङ्सिर , पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन ।

जिल्लाका शहरी क्षेत्र र ग्रामीण क्षेत्र दुवैतिर बस्ने धेरै लाभग्राहीले प्रवलीकरणमा जान चाहेका छन् । स्थानीय तहले पनि धमाधम सिफारिश गरिरहेका छन् । घर बनाउनका लागि सरकारले अनुदानस्वरुप दिने रु तीन लाख पर्याप्त नभएपछि धेरै लाभग्राही प्रवलीकरणमा जान चाहिरहेको स्थानीय बताउँछन् ।

ललितपुर महानगरपालिकामा रहको लाभग्राहीमध्ये ५०० जनाले प्रवलीकरणमा जान चाहेका छन् । घर नै बनाउनुभन्दा प्रवलीकरण गर्न सहज भन्दै सिफारिस माग्न स्थानीयवासी आइहरेको महानगरपालिकामा कार्यरत इञ्जिनीयर हरिशचन्द्र लामिछानेले बताउनुभयो ।

लाभग्राहीको घर प्रवलीकरण गरेर हुने अवस्थामा स्थानीय तहले सिफारिस गर्दै आएका छन् । अझै पनि धेरै लाभग्राहीले प्रवलीकरणलाई सामान्य मर्मतका रुपमा बुझेको उहाँले बताउनुभयो ।

प्रवलीकरणका विषयमा लाभग्राही मात्रै होइन स्थानीय तहसमेत प्रष्ट नहुँदा प्रवलीकरणकै लाभग्राहीको समेत काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “न त पुनःनिर्माणका लाभग्राही प्रवलीकरणमा सरेका छन् न त प्रवलीकरणकै कुनै काम अघि बढेको छ ।”

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ स्थानीय तहले सिफारिस गरेको गुनासो प्राधिकरणले सम्बोधन नगरेको बताउनुभयो । नगरपालिकामा कतिपय लाभग्रही छुटेको, कति लाभग्राही पुनःनिर्माणबाट प्रवलीकरण जान चाहेकाले सिफारिस गरेको थियो । आफ्नो क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार भएकाले स्थानीय सरकारलाई अविश्वास गर्न नहुने उहाँले बताउनुभयो ।

नगरपालिकामा बन्दै गरेका विद्यालय वा स्वास्थ्य चौकीका बारेमा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले एक त यहाँ गर्ने काममा समन्वय गर्नुपर्छ र हामीले गरेका सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”

शहरी क्षेत्रमा मात्रै होइन प्रवलीकरणका विषयमा गाउँपालिकामा अझै बढी अन्योलता छ । ढुङ्गामाटोको घर कसरी प्रवलीकरण गर्न सकिन्छ भन्ने जनप्रतिनिधि र प्राविधिक दुवै अन्योलतामा छन् । गाउँपालिकामा भएका कतिपय घरको सुर (माथिल्लो भाग) बाटै चर्किएको भए पनि प्राविधिकले भूकम्पलगत्तै कम क्षतिग्रस्तको सूचीमा पारेको वाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले बताउनुभयो । ती घरमा अहिले पनि स्थानीयवासी बस्न सकेका छैनन् । पूरै चर्किएर बस्न नमिल्ने खालका माटोका घर कमेरोले लिपेर मात्रै प्रवलीकरण नहुने उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले भूकम्पका लाभग्राहीले जो अहिले टिनको छानामुनि बसिरहेका छन् उनीहरुको गुनासो सिफारिश गरेर पठाइरहेको छ । उहाँले भन्नुभयो, “हामीले गरेको सिफारिसका आधारमा प्रवलीकरणबाट पुनःनिर्माण र पुनःनिर्माणका लाभग्राही प्रलीकरणमा पार्नुपर्छ ।”

कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान पुनःनिर्माण अहिले स्थानीय तहका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको बताउनुभयो । जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेकाले कुन व्यक्तिको घर कम क्षति भएको र कुन व्यक्तिको बढी क्षति भन्ने जानकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएका इञ्जिनीयरले एकै छिन हेरेका भरमा मात्रैभन्दा प्राधिकरणले हामीले भनेको मान्नुपर्छ ।”

जिल्लामा भूकम्पलगत्तै सर्वेक्षणबाट आएका र गुनासोबाट थप भएका गरेर जम्मा प्रवलीकरणका लामग्राही जम्मा एक हजार ३८१ छ । तीमध्ये ४६३ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । ४४६ जना लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् ।

ललितपुर जिल्लाभरमा गुनासोपछि थप भएको समेत गर्दा जम्मा २८ हजार ३८२ लाभग्राही सङ्ख्या छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
प्रधानमन्त्रीले किन राखे आकष्मिक मन्त्रिपरिषद बैठक ?
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
लेखा समितिमा १२१ उजुरी
लेखा समितिमा १२१ उजुरी

तपाईंले छुटाउनुभयो कि?