घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु
सारांश
- ओखलढुंगा, असोज १३ – ओखलढुंगामा घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
- मोलुङ्ग गाउँपालिका–७ पात्ले बस्ने सुरेन्द्र बस्नेत आफ्नै बारीमा घाँस काट्दै गर्दा लडेका प्रहरीले जनाएको छ ।
- घाँस काट्न भनि रुख चढेका बस्नेत अचानक रुखबाट लडेर घाइते भएका थिए ।
ओखलढुंगा, असोज १३ – ओखलढुंगामा घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मोलुङ्ग गाउँपालिका–७ पात्ले बस्ने सुरेन्द्र बस्नेत आफ्नै बारीमा घाँस काट्दै गर्दा लडेका प्रहरीले जनाएको छ ।
घाँस काट्न भनि रुख चढेका बस्नेत अचानक रुखबाट लडेर घाइते भएका थिए । बस्नेतलाई उपचारकालागि सदरमुकामस्थित मिशन अस्पताल ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया