नक्कली भ्याटबिलमा तानिए सेनाका ठेकेदार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल प्रयोग गरी करीब ७ अर्ब राजस्व अपचलन गर्ने ५ सय कम्पनीबिरुद्ध छानबिन गरिरहेको छ ।
  • तिनमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले ६० करोड भ्याटछली गरेको प्रारम्भिक छानबिनमा देखिएको छ ।
  • अहिले उनी बिल मिलाउन तल्लीन भएर लागेका छन् ।

राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल प्रयोग गरी करीब ७ अर्ब राजस्व अपचलन गर्ने ५ सय कम्पनीबिरुद्ध छानबिन गरिरहेको छ । तिनमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले ६० करोड भ्याटछली गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । अहिले उनी बिल मिलाउन तल्लीन भएर लागेका छन् । नक्कली भ्याटबिल प्रयोग गर्नेमा नेपाली सेनामा निर्माणको काम गर्ने नवीन चौलागाई र प्रकाश गिरी पनि मुछिएका छन् । चौलागाईले ५० करोड बराबरको नक्कली भ्याटबिल प्रयोग गरेको राजस्वको छानबिनमा देखिएको स्रोतले बताएको छ । उनीहरु दुवैमाथि नक्कली भ्याटबिलमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । चौलागाई र गिरीले सेनामा करीब साँढे २७ करोड रुपैयाँको निर्माणको कामको ठेक्का लिएका छन् ।

कानूनी हिसाबले उनीहरु नक्कली भ्याटबिल प्रयोग गरेको आरोपमा छानबिनमा छन् । यसअघि सेनाकै ठेकेदार बिजय श्रेष्ठ पनि नक्कली भ्याटबिलमा तानिइसकेका छन् । श्रेष्ठको न्यू क्रियसन इम्पेक्सले सेनाका अलावा प्रहरीमा पनि ठेक्का लिंदैआएको छ । चौलागाई र गिरी नक्कली भ्याटबिलमा उन्मुक्तिका लागि शक्तिकेन्द्र गुहारिरहेका छन् । खानी निर्माण सेवाका रत्न गौतममार्फत् उनीहरु राजस्व अनुसन्धान विभागलाई मुद्दा दायर नगर्न नेताहरुमार्फत् दबाब दिइरहेका छन् ।

राजस्व अनुसन्धान विभागले भ्याटबिल बिक्री गर्ने्बिरुद्ध मुद्दा दायर गरेको ३ महिना पुगिसकेको छ । तर नक्कली भ्याटबिल प्रयोग गर्नेहरुबिरुद्ध भने ३ महिनासम्म पनि अनुसन्धान भइरहेको छ भनेर मुद्दा दायर नगर्दा उन्मुक्ति नै त दिएको होइन भन्ने आशंका बढेको छ ।

नक्कली भ्याटबिल बिक्री गरी अर्बौं रुपैयाँ राजस्व हानीनोक्सानी पु¥याउने गिरोहका मुख्य दोषी जयकिशोर साह र परमेश्वर साहलाई राजस्व अनुसन्धान विभागले २०७५ फागुन २१ मा मुद्दा दायर गरिसकेको छ । विभागले साहद्वयसहित उनीहरुले दर्ता गरेका २४ कम्पनीका संचालकविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
साँघुन्यूजबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?