पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय

सारांश

  • पोखरा लेखनाथ महानगरपालिकाका भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर, दोभिल्ला छोरेपाटनलगायत क्षेत्र समेटेर पर्यटकीय गन्तव्य वनाउन निर्वाचित जनप्रतिनिधिले सामूहिक प्रयास थाल्ने भएका छन् ।
  •   पर्यटकीय विकासको प्रचुर सम्भावना भएपनि अ‍ेझेलमा परेको भन्दै निर्वाचित जनप्रतिनिधिले ती क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयास थालेका हुन् ।
  •   पोखरा लेखनाथ– २१ का वडाध्यक्ष खगराज आचार्यले तीनवटै वडाका जनप्रतिनिधिले बृहत् गुरुयोजनासहित अघि बढ्ने निर्णय गरिएको बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर, दोभिल्ला छोरेपाटनलगायत क्षेत्र समेटेर पर्यटकीय गन्तव्य वनाउन निर्वाचित जनप्रतिनिधिले सामूहिक प्रयास थाल्ने भएका छन् ।

 

पर्यटकीय विकासको प्रचुर सम्भावना भएपनि अ‍ेझेलमा परेको भन्दै निर्वाचित जनप्रतिनिधिले ती क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयास थालेका हुन् ।

 

पोखरा लेखनाथ– २१ का वडाध्यक्ष खगराज आचार्यले तीनवटै वडाका जनप्रतिनिधिले बृहत् गुरुयोजनासहित अघि बढ्ने निर्णय गरिएको बताउनुभयो । प्राकृतिक रुपमा सुन्दर भरतपोेखरी, निर्मलपोखरी र कृष्तिको पर्याप्त पर्यटकीय सम्भावना रहेपनि उपयोग गर्न नसकिएको स्थानीयवासी बताउँछन् ।

 

दक्षिणभेगमा अवस्थित विभिन्न जातजातिका मौलिक संस्कृतियुक्त स्थानबाट आठ हजार मिटरभन्दा बढी उचाइका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रमा पर्ने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोट, मट्टिखान, स्वाहारा, धुवाँरकोट लगायतका ठाउँबाट पोखरा उपत्यकासहित माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि हिमशृृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

 

प्राचीनकालदेखि अस्तित्वमा आएका बाँझी पोखरी, डाँडापोखरी जस्ता ठूला पोखरीलाई समेटेर पर्यटन पार्क बनाउने योजना अघि सारिएको छ । ग्रामीण पर्यटनको विकास गर्न यहाँका धुवाँरकोट, चिलाउनेखर्क, सुर्ताने, जिब्रेढुङ्गालगायत स्थानमा घरवास कार्यक्रम अघि बढाउन लागिएको छ ।

 

“पर्यटनका समग्र पक्ष समेट्ने गुरुयोजनासाथ अघि बढ्ने छौँ,” वडाध्यक्ष आचार्यले भन्नुभयो । प्रारिम्भक चरणमा सबै पर्यटकीयस्थल समेट्ने गरी नक्सा तयार हुनेछ ।

 

पोखरा लेखनाथ– १७ मा पर्ने दोभिल्ला, छोरेपाटनलगायतका स्थान पोखराको मुख्य बजार क्षेत्रबाट भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर प्रवेश गर्न सकिन्छ । पृथ्वी राजमार्गमापर्ने भण्डारढिक, गगनगौँडालगायतका स्थान पनि भरतपोखरी प्रवेश गर्ने नाका हुन् ।

 

कुभिण्डेदेखि हुडिकोटसम्म रिजलाइन पदमार्गको विकास गर्ने बताइएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै बढ्नसक्ने पर्यटकको चापलाई दृष्टिगत गरी आसपासका क्षेत्रमा पर्यटकीय विकासका प्रयास हुन थालेका छन् । पर्यटकीय विकासलाई लक्षित गरी आगामी बजेटमा विभिन्न कार्यक्रम राखिएको ३३ नं वडाध्यक्ष शिवप्रसाद आचार्य बताउनुहुन्छ ।

 

“भरतपोखरीमा ठूलाढुंगाबाट देउराली, भर्तीपोखरा, भोटेपोखरी हुँदै हाइकिङ मार्गको विस्तार गर्ने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो । सो वडामा पर्यटन पूर्वाधार विकास गर्न रु तीन करोड विनियोजन गरिएको छ ।

 

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया स्थानीय तहबाट पर्यटकीय सम्भावनाको खोजी गरिनु आफैंमा महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ । “पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धनलाई बोर्डले प्राथमिकतामा राखेका कारण स्थानीय सक्रियतासँगै हामी पनि हातेमालो गर्दै अघि बढ्न तयार छौँ,” उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २५ गते बुधवारको राशिफल यस्तो छ
चैत २५ गते बुधवारको राशिफल यस्तो छ
नगर र गाउँ कार्यपालिकाले पूर्णता पायो, म्याग्दीका छ स्थानीय तहमा
नगर र गाउँ कार्यपालिकाले पूर्णता पायो, म्याग्दीका छ स्थानीय तहमा
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
रबि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?

तपाईंले छुटाउनुभयो कि?