परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
५० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार

सारांश

  • काठमाडौं।
  • अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच वाशिंगटनस्थित स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको छ ।
  • सो अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

काठमाडौं। अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच वाशिंगटनस्थित स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको छ ।

सो अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

वार्तामा नेपाल अमेरिका सम्बन्धलाई फराकिलो बनाउन दुबै मुलुक सहमत भएका छन् । दुई देशबीच राजनीतिक तहको सहभागितामा आर्थिक सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ। बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र आर्थिक सहकार्यका लागि राजनीतिक तहको सहभागितामा त्यसलाई अभिवृद्धि गर्न सहमति भएको छ। व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमासमेत छलफल भएको छ।

यसैगरी दुई देशका परराष्ट्रमन्त्रीबीच ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन र यसबाट लाभ हासिल गर्ने विषयमा पनि छलफल भएको थियो। मन्त्रिस्तरीय बैठक हुनुअगाडि परराष्ट्र सचिव शङ्करदास वैरागी र अमेरिकी विदेशमन्त्रालयको दक्षिण तथा मध्यएशिया हेर्ने विभागका सहायकमन्त्री एलिसा वेल्सबीच नेपाल–अमेरिका राजनीतिक परामर्श बैठक सम्पन्न भएको थियो। छलफलमा दुई देशबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका साथै द्विपक्षीय रुपमा भएका सम्झौताको कार्यान्वयन, नेपालको शान्ति प्रक्रिया, एमसिसि च्यालेञ्जलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट राजदूत कार्की, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्तलगायत दूतावासका प्रतिनिधि सहभागी थिए। अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकाका राजदूत रयाण्डी वेरीलगायत सरकारी निकायका प्रतिनिधि सहभागी थिए। आज मन्त्री ज्ञवालीले एमसिसिका चिफ अपरेटिङ अफिसर, रक्षा मन्त्रालयका अधिकारी र सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
मंसिर १९ गते बिहिबारको राशिफल यस्तो छ
मंसिर १९ गते बिहिबारको राशिफल यस्तो छ
Trump claims success in Syria, but chemical weapons remain
Trump claims success in Syria, but chemical weapons remain