रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
सारांश
- रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
- अध्यक्षमा पूर्ण केसी र उपाध्यक्षमा मनकुमारी घर्ती विजयी भएका हुन् ।
- माओवादी उम्मेदवार केसीले कांग्रेस उम्मेदवार लेखनाथ आचार्यलाई १ हजार ८ सय ७ मत अन्तरले हराएका छन् ।
रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा पूर्ण केसी र उपाध्यक्षमा मनकुमारी घर्ती विजयी भएका हुन् ।
माओवादी उम्मेदवार केसीले कांग्रेस उम्मेदवार लेखनाथ आचार्यलाई १ हजार ८ सय ७ मत अन्तरले हराएका छन् । केसीले ५ हजार ६३४ र आचार्यले ३ हजार ८२७ मत पाएका छन् ।
उपप्रमुखमा विजयी माओवादीकी मनकुमारी घर्तीले कांग्रेसकी मिश्री हमाललाई १०६ मतअन्तरले हराइन् । घर्तीले ३ हजार ८२७ मत पाउँदा कांग्रेसकी हमालको पक्षमा ३ हजार ७२१ मत परेको छ ।
माओवादीले थवाङ, दुईखोली, सुकिदह, सुनछहारी र माडी गाउँपालिका पनि जितेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया