प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ

सारांश

  • काठमाडौं २३ पुस ।
  •  प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.
  • ५ प्रतिशत अंकले मात्र बढी हो ।

काठमाडौं २३ पुस ।  प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी हो । भन्सार विभागको अभिलेखमा भने अलग्गै तथ्यांक छ ।

विभागका अनुसार गत वर्षको पहिलो तीन महिनामा १८.८७ प्रतिशतले व्यापार घाटा भएको थियो भने यस वर्ष सोही अवधिमा ४५.९७ प्रतिशतले व्यापार घाटा बढेको छ ।

प्रधानमन्त्रीको वक्तव्यमा धेरै तथ्यांक आफू अनुकुल थिए ।

विकासनिर्माण लक्षित पुँजीगत खर्चको तथ्यांक पनि मिल्दैन । प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेअनुसार चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत खर्चको बृद्धिदर २५.३३ प्रतिशत रहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत पुस १ गते (५ महिनामा) १२.५२ प्रतिशतमात्रै खर्च भएको छ । –कान्तिपुर दैनिकबाट

(www.stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?