धितोपत्र बजारमा सुधार टिकेन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
धितोपत्र बजारमा सुधार टिकेन

सारांश

  • मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.
  • ०५ अङ्कले घटेर एक हजार ३१३.

मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो ।

कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२.७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो ।

स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।

यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट
स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट