प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?

सारांश

  • वैशाख २, काठमाण्डौ ।
  • चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ ।
  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ७० प्रतिशतले बढी हो ।

वैशाख २, काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ७० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएको लगायत कारणले एफडीआई बढेको हो ।

अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ ।

पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको अनुमान गर्न सकिन्छ ।

एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने सम्भावना बढ्छ ।

हालसम्म भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगमा आएको राष्ट्र बैंकको तथ्यांक छ ।

उद्योग विभागको तथ्यांकअनुसार गत वर्ष १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपाल भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी होङ्सी शिवम् सिमेन्टमा आएको छ । उक्त कम्पनीमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी आएको राष्ट्र बैंक्को तथ्यांक छ ।

यसैगरी मादी पावरमा करिब २ अर्ब र सोलु हाइड्रोमा करिब साढे १ अर्ब रुपैयाँ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा करिब ६८ करोड विदेशी लगानी आइसकेको राष्ट्र बैंकले जनाएको छ ।

(www.voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी
नेपाली कांग्रेसको चियापान स्थगित्
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत

तपाईंले छुटाउनुभयो कि?