भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !

सारांश

  • काठमाडाै, ६ जेठ ।
  • भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउन लागिएकाे छ ।
  • केटोलाइ चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्को बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

काठमाडाै, ६ जेठ । भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउन लागिएकाे छ ।

केटोलाइ चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्को बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। 

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर केटोलाई भारत पु¥याएको थियो। गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको छ।

अन्य तीनवटा गैँडाको बच्चालाई हालैमात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ। सोही नजिक अर्को बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको पाठकले जानकारी दिए।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताए। उनले भने, ‘निकुञ्जबाट हालै ल्याइएका अन्य गैँडासमेत तन्दुरुस्त छन्। सबै खानेकुरा सजिलै खान थालेका छन्।’

अहिले यहाँ राखिएका चारवटै गैँडालाई दूध, फलफूल, घाँसलगायत खानेकुरा दिएर नियमित अनुगमन गर्ने गरिएको छ। पशु चिकित्सकसहितको टोलीले ती गैँडाको निगरानी गरिरहेको हो।

सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ। एक जोडी गैँडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म दुई दर्जनभन्दा बढी गैँडा उपहार दिइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?