पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २७ पुस ।
  • ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गरेका छन् ।
  • एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले यहाँ आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा उनीहरुले पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष निकाले ।

काठमाडौँ, २७ पुस । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गरेका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले यहाँ आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा उनीहरुले पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष निकाले ।

कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए अहिले मुलुक नरहने भन्दै उहाँले गरेको कामलाई सरकारले मूल्याङ्कन गर्नुपर्ने बताए । उनले पृथ्वी पथको आवश्यकता औँल्याउँदै यस पथले मात्र मुलुकलाई समृद्धितर्फ लैजान सक्ने दाबी गरे ।

सरकारले यस दिवसलाई विगत झैँ राष्ट्रिय एकताको दिवस भनेर सधैँ मनाउनुपर्ने उनको जोड रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री दिलनाथ गिरीले आजको दिनलाई सरकारले राष्ट्रिय एकता दिवस मात्र भनेकामा अपुरो भएको भन्दै दिवससँगै पृथ्वी जयन्तीका रुपमा मनाउनु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई सामाजिक विषय बनाउनुपर्नेमा जोड दिए ।

उनले दिवसलाई विभिन्न राजनीतिक रंग दिनुभन्दा पनि सामाजिक र राष्ट्रभावका रुपमा मनाउनुपर्ने बताए ।

कार्यक्रममा अधिवक्ता डा भीमार्जुन आचार्यले विविधताका नाममा देश टुक्र्याउने काम भएको बताए । उनले अहिले नेपालको सार्वभौमसत्तामाथि धावा बोलिरहेका बेला यस दिवसको सान्दर्भिकता अझै बढेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?