प्रदेश ३ प्रदेश सभा बैठक आज
सारांश
- काठमाडौं, ११ पुस ।
- प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक आज बस्दैछ ।
- दिउँसो ३ बजे बस्ने बैठकमा एउटा प्रतिवेदनसहित ५ विधेयक प्रस्तुत हुने तयारी छ ।
काठमाडौं, ११ पुस । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एउटा प्रतिवेदनसहित ५ विधेयक प्रस्तुत हुने तयारी छ ।
प्रदेश भित्रका राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशभित्र औद्योगिक व्यवस्था र स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सवारी तथा यातायात सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार दलफलपछिको प्रतिवेदन पनि आजकै बैठकमा पेश हुनेछ । सचिवालयका अनुसार प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी संशोधन विधेयक पनि प्रस्तुत हुने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया