लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
सारांश
- काठमाडौं, २३ मंसिर ।
- लगानीकर्ताले आजदेखि सिधैं अनलाईमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् ।
- ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।
काठमाडौं, २३ मंसिर । लगानीकर्ताले आजदेखि सिधैं अनलाईमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।
कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता गर्नुपर्छ । सम्झौतापछि ब्रोकरले युजर नेम र पासवर्ड प्रदान गर्नेछ । त्यही बाटोमार्फत लगानीकर्ताले आफू रहेकै स्थानबाट ईन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न सक्नेछन् ।
नेप्सेले पूर्ण स्वचालित विद्यूतीय कारोबार शुरु गरेको एक महिनापछि लगानीकर्ताले कारोबारमा सीधा पहुँच पाउने भएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया