आज कैलाली बन्द छ
सारांश
- काठमाडौं, ३ चैत ।
- नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज कैलाली जिल्ला बन्द गरेको छ ।
- घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको बिरोधमा शनिबार कैलाली बन्दको आव्हान गरिएको हो ।
काठमाडौं, ३ चैत । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज कैलाली जिल्ला बन्द गरेको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको बिरोधमा शनिबार कैलाली बन्दको आव्हान गरिएको हो ।
नेकपाको बन्द आव्हानले गर्दा त्यहाँ कुनै पनि सवारीसाधन चलेका छैनन् । कैलालीका प्रमुख व्यापारिक केन्द्रहरु पनि बन्द रहेका छन् । शिक्षण संस्था, उद्योग, व्यापार सबै ठप्प रहेका छन् । यातायातका साधन नपाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई उनकै घरमा गत फागुन २८ गते गोली र खुकुरी प्रहार गरिएको थियो । प्रमुख चौधरीको काठमाडौंमा उपचार भइरहेको छ । चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका ४ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया