प्रधानन्यायाधीश राणाले भने, ‘अप्रिय निर्णय लिएँ’
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।
- नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितसँगको भेटमा आफूले नचाहेर पनि न्यायपालिकाको गरिमाका लागि अप्रिय निर्णय लिनुपरेको सुनाए ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन् ।
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितसँगको भेटमा आफूले नचाहेर पनि न्यायपालिकाको गरिमाका लागि अप्रिय निर्णय लिनुपरेको सुनाए ।
प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पारे । प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशीले नमानेका कारण कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छवि माथि उठाउन अप्रिय निर्णय गरेको स्पष्ट पारे ।
बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गरेका थिए । केसीले सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्नेमा जोड दिए ।
न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै दिनमा आफूले न्यायालयको गरिमामा उच्च बनाउन संसदबाट अस्विकृत भैसकेका जोशीलाई मुद्दा हेर्न नदिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया