नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

सारांश

  • बाबियाचौर, म्याग्दी, १२ असोज ,आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
  • नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
  • मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा एक र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ ।

बाबियाचौर, म्याग्दी, १२ असोज ,आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा एक र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पूर्व सभासद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमिरेलाई सिफारिस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो ।

यसैगरी, समानुपातिकतर्फ विश्वसेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ को प्रत्यक्षतर्फ सुवास विक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारिस गरिएको छ ।

प्रदेशको समानुपातिकतर्फ क्षेत्र नं १ मा ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नं २ बाट टेकबहादुर विक र होमलाल पुनको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा क्षेत्र नं २ मा मंगला, मालीका र धौलागिरि गाउँपालिका रहेका छन् ।

संघको निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र ४५ वटा वडा रहेको म्याग्दीमा वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा ७१ हजार ३६३ जना मतदाता रहेका थिए । नेपाली काँग्रेस र नेकपा (एमाले) ले पनि उम्मेदवार सिफारिसको प्रक्रिया अघि बढाएको जनाएका छन् ।
–––

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    k vo tw lasta ma patta saf hunu nai x !!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?