प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !

सारांश

  • काठमाडौं, जेठ २५ – प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नुअघि सन्तको आशीर्वाद लिएको खुलेको छ ।
  • पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् ।
  • महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर राख्नुभएको छ ।

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नुअघि सन्तको आशीर्वाद लिएको खुलेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर राख्नुभएको छ ।

तस्बिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुको साथमा देखिनुहुन्छ । दुईवटा तस्बिरमध्ये एउटा पुरानो र अर्को चाहिँ प्रधानमन्त्री भैसकेपछिको हो ।

तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सन्तलाई दण्डवत गर्दै हुनुहुन्छ ।

गलामा फूलको माला र खादा लगाएर उभिएका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि शुभेच्छुकको साथमा सन्तसित हुनुहुन्छ ।


अनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सन्तसँग आशीर्वाद लिइरहनुभएको छ । सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ तथा महरा र गच्छदारको तस्बिर चाहिँ पुरानो हो । प्रधानमन्त्री, मन्त्री र नेताहरु यसरी आफूलाई भेट्न र आशीर्वाद लिनको लागि प्रायः आइरहने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bharat Panday

    मान्छेको जब आट भरोसा सिधीन्छ केही नलागे पछी भगवान गुहार्न र साधु जोगी को सरणमा पुग्छन् जस्को आफ्नै भबिस्य थाहाँ हुदैन यस्ता को पछी लाग्ने प्रधान मंन्त्री बाट के आस गर्नु

    Comment Author

    Karki Surya

    Thuka joghi ko aysir bhad la kam k pura hola khai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?