प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।
  • सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् ।

काठमाडौं, ५ बैशाख । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।

सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गरेका थिए ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताएका थिए । उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

यसअघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?