ढुक्क रहनुहोश जित रेणु कै हुन्छ : नेका सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
३०५६ पटक हेरिएको
Shares
ढुक्क रहनुहोश जित रेणु कै हुन्छ : नेका सभापति देउवा

सारांश

  • काठमाडौं ।
  • गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ ।
  • पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो ।

काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो ।

अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा नेकपा एमालेले लिड गरिरहेको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यी मध्ये अहिलेसम्म एमालेले ८९ स्थानमा विजयी हाँसिल गरिसकेको छ भने नेपाली काँग्रेसले ८६ स्थानमा विजयी हाँसिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले भने ४१ स्थानमा जित हाँसिल गरेको छ ।

पहिलो चरणको निर्वाचन अन्तगर्त चार महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानरको मतपरिणामलाई यसपटक आम जनताले विशेष चासोका साथ हेरिरहेका छन् । यी मध्ये पनि चितवनको भरतपुर महानगरलाई विशेष चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरलाई विशेष चासोका साथ हेर्नुको प्रमुख कारण माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल काँग्रेस र माओवादी गठबन्धनकी उम्मेद्वार छिन् ।

भरतपुरको मत गणना सुरु भएदेखि नै एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले दाहाललाई निकै पछि पार्दै आइरहेका छन् । तालमेलअनुसार कांग्रेसीहरुले रेणुलाई भोट नहालेको आरोप लगाइरहेको बेला बिहीबार अर्थात (हिजो) बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा देउवाले प्रचण्डलाई भरतपुर महानगरमा रेणुले नै जित्छिन् भनेर आश्वस्त पारेको स्रोतले बताएको छ ।

भेटपछि रेणुले भरतपुर महानगरमा जित्ने दुवै पार्टीका शीर्ष नेताहरु यतिबेला पनि ढुक्कमा छन् । रेणुले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आइरहेकी छन् ।

देउवा र प्रचण्डको भेटमा रेणुले हार्ने कि जित्ने भन्नेबारे धेरैबेर छलफल चलेको थियो । तर, कांग्रेस सभापति देउवाले रेणुले जित्नेमा आफू ढुक्क रहेको भन्दै प्रचण्डलाई पनि ढुक्क रहन आग्रह गरेका छन् ।
भरतपुर महानगरमा २९ वटा वडा रहेको छ । हालसम्म भरतपुरमा ४ वटा वडाको मात्र मतगणना सकिएको छ । ५ नम्बर वडाको मत गणना जारी छ । बाँकी २५ वटा वडाको मत गणना हुन बाँकी नै छ ।

देउवा र प्रचण्डको भेटलाई यतिबेला आम जनताले यसरी बुझेका छन् कि जसरी पनि रेणुलाई उनीहरुले भरतपुर महानगरको मेयर बनाउने छन् । भारी मतले पछाडी पर्दा पनि देउवाले प्रचण्डलाई जित सुनिश्चित छ भन्ने आश्वासन दिनुले रेणु दाहाल भरतपुरको मेयर बन्ने पक्कापक्की जस्तै छ ।

भरतपुर महनगरको कुल मतदाता संख्या १ लाख ५१ हजार ६ सय ४१ छन् । जसमा १ लाख १३ हजार ७ सय ३० मत खसेको अनुमान गरिएको छ । महानगरको मेयर बन्नका लागि जुनसुकै पार्टीका उम्मेद्वारले कम्तिमा पनि ५० हजार मत प्राप्त गर्नुपर्नेछ ।

अहिले मतगणना भएका वडाहरुमा एमालेको पनि बलियो पकड भएका कारण आफूहरु तल परेपनि ४ नम्बर क्षेत्रको मतगणना सुरु भएपछि भारी मतको अन्तरले लिड गर्ने दुवै नेताहरुको विश्वास छ । अहिलेसम्म एउटा वडा एमालेको पोल्टामा गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाने भएका छन् । प्रचण्ड चितवन जानुले पनि आम जनताले रेणुकै विषयलाई लिएर जान खोजेका भन्ने बुझेका छन् ।

 

साभार: न्युज२४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
प्रचण्डले भने, ‘वामदेवलाई चुनावमा लैजाने निर्णय भएको छैन’
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता
बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता

तपाईंले छुटाउनुभयो कि?