प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
सारांश
- काठमाडौं ।
- सर्वोच्च अदालतका लागि न्यायपरिषदबाट न्यायाधीशमा सिफारिस भएका ५ जनाविरुद्ध उजुरी आह्वान भएको छ ।
- बिहीबार बसेको संसदको संसदीय सुनुवाइ समिति बैठकले शुक्रबारबाट उजुरी दिन आग्रह गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायपरिषदबाट न्यायाधीशमा सिफारिस भएका ५ जनाविरुद्ध उजुरी आह्वान भएको छ ।
बिहीबार बसेको संसदको संसदीय सुनुवाइ समिति बैठकले शुक्रबारबाट उजुरी दिन आग्रह गरेको छ । न्यायाधीशमा प्रस्तावित भएका ५ जना विरुद्ध केही उजुरी, गुनासो छ भने १० दिनको समय तोकिएको छ ।
न्यायपरिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरि फुँयाल, अधिवक्ता मनोजकुमार शर्माको नाम सिफारिस भएको थियो ।
कुनै, उजुरी र गुनासो भएमा संसदीय सुनुवाई समितिमा दर्ता गर्न सकिने प्रावधान छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया