अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
४० पटक हेरिएको
Shares
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ ।
  • सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो ।

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ ।

सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो ।

सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौलाले लामो समयदेखि कामुको भरमा सर्वोच्च अदालत चलिरहेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेर पत्र संवैधानिक परिषद्मा बुझाएको जानकारी दिए । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ ।

पत्रमा भनिएको छ, “स्वतन्त्र, सक्षम, प्रभावकारी न्यायपालिकाका लागि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा अझै पनि रहनु उचित नहुँदा अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि नेपालको संविधानको धारा १२९ बमोजिम सिफारिस गर्न अनुरोध गर्दछौँ ।” नेपालको संविधानको धारा १३६ मा सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुनेछ भनी व्यवस्था गरेको छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
विश्वकप फुटबुल २०१८:  कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
विश्वकप फुटबुल २०१८: कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्
नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्