बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३० पटक हेरिएको
Shares
बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

सारांश

  • बेसीशहर, लमजुङ, ८ जेठ , मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ ।
  • नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
  • मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

बेसीशहर, लमजुङ, ८ जेठ , मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ ।

नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई वञ्चित गरिएको उनीहरुको गुनासो छ ।

मुस्लिम समुदायले मनाउँदै आएको मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एकदिन सार्वजनिक बिदा दिनुपर्ने मुस्लिम संघ, लमजुङका अध्यक्ष फजल उद्धिन मियाँले बताउनुभयो ।

संघले पठाएको ज्ञापनपत्रमा मुस्लिमको मुख्य चाडपर्वमा बिदा दिनुपर्ने मागसँगै सविधानले व्यवस्था गरेबमोजिम राज्यका सवै निकायमा समानुपातिक समावेशी गर्नुपर्ने, मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्ने, मुस्लिम समुदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्वारा रोकिएको मदरसा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्नेलगायतका माग रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bdhan Basnet

    sanibar bahek bida dinu hunna ra kam garne samaya 12 ghanta banaunu parcha ani kehi hola ki yo desh ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?