गजल : जमाना यस्तै छ…
सारांश
- जमाना यस्तै छ के गर्नु खै अचेल !
- खुलेआम जताततै पैसाकै चलखेल !
- !
जमाना यस्तै छ के गर्नु खै अचेल !
खुलेआम जताततै पैसाकै चलखेल !!
बुङ्गै होस् बरू उ चर्चा चल्छ उसकै,
प्रखर प्रतिभावान कति छन् ती ओझेल !
चोरेरै भए नि पास त हुनैपर्छ,
परिक्षामा सबलाई नहुनु नै छ फेल !
अपराध गर्ने नै हो अपराधीको पेसा,
कैदीलाई प्यारो आफू बस्ने त्यो जेल !
सित्तैमा पाए त अलकत्रा निल्छन् रे,
राहतमा मान्छे तँछाडमछाड ठेलमठेल !
यता टाल्यो उता फाट्छ जिन्दगी यो,
कसै गरे पनि मिल्दैन खै तालमेल !
– मोहन अभिलाषी !

(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया