प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला
सारांश
- श्रावण १३, २०७४- उत्तरी धादिङको एकमात्रै इलाका प्रहरी चौकी दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला परेका छन् ।
- बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी वीरबहादुर गुरुङ्ग शुक्रबार बिहान चौकी छेउकै मकैबारीमा मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
- भूकम्पले भत्केको प्रहरी चौकी हाल सम्म मर्मत नभएपछि राहतमा आएका टेन्टमै प्रहरी चौकी संचालनमा थियो ।
श्रावण १३, २०७४- उत्तरी धादिङको एकमात्रै इलाका प्रहरी चौकी दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला परेका छन् ।
बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी वीरबहादुर गुरुङ्ग शुक्रबार बिहान चौकी छेउकै मकैबारीमा मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ । भूकम्पले भत्केको प्रहरी चौकी हाल सम्म मर्मत नभएपछि राहतमा आएका टेन्टमै प्रहरी चौकी संचालनमा थियो ।
मृतक गुरुङ्ग गत चैत महिना देखि दार्खामै कार्यरत थिए । उक्त घटनाको आवस्यक छानबिनको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुको नेतृत्वमा छानबिन तथा अनुसन्धान टोली शुक्रबार बिहानै त्यस तर्फ लागेको छ ।
घटनास्थल दार्खा प्रहरी चौकी सदरमुकामदेखि ४० किमी टाढा रहे पनि वर्षातका कारण ग्रामीण सडकहरु यातायात संचालन हुन सकेका छैनन्. ।
प्रतिक्रिया