दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौँ, २३ माघ , मनोहरा नगरपालिका खहरेचोकमा ना ५ ख ८०८४ नम्बरको टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २० वर्षीय श्याम विकको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते विकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
  • दुर्घटनामा घाइते मोटरसाइकलमा सवार २३ वर्षीय निशान विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ, २३ माघ , मनोहरा नगरपालिका खहरेचोकमा ना ५ ख ८०८४ नम्बरको टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २० वर्षीय श्याम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते विकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार २३ वर्षीय निशान विकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको छ ।

यसैबीच नागर्जुन नगरपालिका–४ सीतापाइला चोकबाट बा २ ज ६९१ र बा २ ज ६६३ नम्बरको दुई वटा ट्र्याक्सी तोडफोड गरेको अभियोगमा सोही नगरपालिका रामकोट बस्ने धादिङका दिनेश विकलाई आज प्रहरीले पक्राउ गरेको छ । मदिरा पियर ट्र्याक्सी तोडफोड गरी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?