बढ्यो चार पाङ्ग्रे सवारीको कर कुन सवारीको कति कर लिस्ट सहित
सारांश
- सरकारले केही वर्षको अन्तरालमा चारपांग्रे सवारीसाधनमा लाग्ने वार्षिक कर र सडक मर्मत तथा सम्भार दस्तुर आर्थिक वर्ष २०७३/०७४ को बजेटमार्फत वृद्धि गरेको थियो ।
- विद्युतीय सवारी, चारपांग्रे निजी तथा भाडाका दुवै सवारीको सडक दस्तुर तथा सम्भार दस्तुर वृद्धि गरेको हो ।
- भन्सार, अन्तःशुल्क लगायत भने केही वर्षदेखि यथावत् नै रहेको छ ।
सरकारले केही वर्षको अन्तरालमा चारपांग्रे सवारीसाधनमा लाग्ने वार्षिक कर र सडक मर्मत तथा सम्भार दस्तुर आर्थिक वर्ष २०७३/०७४ को बजेटमार्फत वृद्धि गरेको थियो ।
विद्युतीय सवारी, चारपांग्रे निजी तथा भाडाका दुवै सवारीको सडक दस्तुर तथा सम्भार दस्तुर वृद्धि गरेको हो । भन्सार, अन्तःशुल्क लगायत भने केही वर्षदेखि यथावत् नै रहेको छ ।
आगामी आर्थिक वर्षका लागि सोमबार प्रस्तुत भएको बजेटमा करका कुनै पनि दरमा परिवर्तन भएको छैन । यसको कारण हो, निर्वाचन आचारसंहिता । पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचन सम्मुख रहेकाले सरकारले पुरानै कार्यक्रम तथा करका दररेटमै बजेट ल्याएको हो ।
सामान्यतया चारपांग्रे सवारी (प्यासेन्जर भेइकल) मा सवारी मूल्यको ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्ने गरेको छ ।
प्यासेन्जर सवारीमा सबै गरेर करिब २ सय ४० प्रतिशत कर लाग्ने गरेको छ । विगतमा ५ प्रतिशत लाग्दै आएको सडक मर्मत तथा सम्भार दस्तुर आव २०७३/०७४ देखि २ प्रतिशतले बढाएर ७ प्रतिशत पु-याएको हो ।
सार्वजनिक प्रयोजनमा प्रयोग हुने बस तथा ट्रकको भन्सार तथा अन्तःशुल्क भने निजी सवारीको भन्दा कम लाग्ने गरेको छ । अन्य चारपांग्रे तथा ठूला सवारीमा भने वर्गअनुसार करको दर फरक रहेको छ ।
आव २०७३/०७४ को बजेटमार्फत सरकारले विद्युतीय माध्यमबाट चल्ने सार्वजनिक यातायातका साधनमा अन्तःशुल्क हटाएको छ भने भन्सार एक प्रतिशतमा झारेको थियो । त्यस्तै, निजी प्रयोजनका विद्युतीय सवारीमा पनि अन्तःशुल्क हटाई १० प्रतिशतमात्र भन्सार दर कायम गरेको हो ।
नेपालमै विद्युतीय रिक्सा उत्पादन गर्ने कम्पनीले आवश्यक कच्चा पदार्थ आयात गरे त्यसमा लाग्ने भ्याट पनि छुट पाउनेछन् । ब्याट्रीबाट चल्ने पानी तान्ने पम्पमा पनि भ्याट छुट हुने भएको छ । विद्युतीय टेम्पो र रिक्सामा भ्याट छुट दिइएको छ ।
कुन निजी सवारी साधनको वार्षिक कर कति ?
१००० सिसीसम्मको कार, जिप, भ्यानको १९ हजार
१००१ सिसीदेखि १५०० सिसीसम्मको कार, जिप, भ्यानको २१ हजार
१५०१ सिसीदेखि २००० सिसीसम्मको कार, जिप, भ्यानको २३ हजार
२००१ सिसीदेखि २५०० सिसीसम्मको कार, जिप, भ्यानको ३२ हजार
२५०१ सिसीदेखि २९०० सिसीसम्मको कार, जिप, भ्यानको ३७ हजार
२९०१ सिसीदेखि माथिका सबै कार, जिप, भ्यानको ५३ हजार
प्रतिक्रिया