प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!

सारांश

  • २३ देखि २५ चैतसम्म राजकीय भ्रमण प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ ।
  • परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो ।
  • भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् ।

२३ देखि २५ चैतसम्म राजकीय भ्रमण
प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उत्तराखण्डको पन्तनगरस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजनामा हुने कार्यक्रममा पनि भाग लिनेछन् ।

नेपाल एयरलाइन्सका ५५ सिट बुक

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने भएको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।

जम्बो प्रतिनिधिमण्डल आउने भए पनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन् । भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुन सक्ने, तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली पक्षको तयारी छ ।

पहिलो कार्यकालमा ७ फागुन ०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि ओलीले कुनै तयारी विषयसूची लगेका थिएनन् । त्यतिखेर उद्योगी–व्यवसायीबाहेक ४५ जनाको टोली भ्रमणमा थियो । टोलीमा प्रधानमन्त्रीपत्नीसहित सबैमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मीसमेत थिए । उद्योगी–व्यवसायी निजी खर्चमा गएका थिए, दिल्लीमा उनीहरूको बसोवासको प्रबन्ध भने सरकारले नै गरेको थियो । यसअघिका सबैजसो प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी–व्यवसायी निजी खर्चमै जाने गरेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

(Adipex)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    भ्रमणको लागि हो कि”शपथ ग्रहण”को लागि हो?प्रधानमन्त्री केपि ओलीजी हिन्दू-स्थान जादै हुनु हुन्छ?हुन त शपथ ग्रहण गर्नको लागि प्रम ओलीजी भारत India गएका होइनन भने त उनको पहिलो विदेश भ्रमण चीनबाट वा अन्य विदेशी मुलुकबाट पनि हुन सक्थ्यो होला कि?तर धेरै प्रश्न उठेको छ कि नेपालीका लागि हिन्दू-स्थान घुमफिर गर्न Passport/राहदानी नै नचाहिने भएर हो वा भारत Indiaमा गएर One to one talk/अति गोप्य वार्ता नगरे सम्म प्रधानमन्त्रीको हैसियत प्राप्त नहुने भएर हो?नेपालका प्रधानमन्त्रीहरुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने गरेका छन् जसको”खास र विशेष अर्थ”रहेको छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?