नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव

सारांश

  • काठमाडाैं ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा केही धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद यादवले केही राम्रा र केही नराम्रा विषय समेटिएको बताए ।

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा केही धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद यादवले केही राम्रा र केही नराम्रा विषय समेटिएको बताए । बन्द र रुग्ण उद्योगलाई पुनःसञ्चलान गर्ने, राष्ट्रिय योजना आयोगलाई पुनःसंरचना गर्ने, कृषि बीमा, कृषि बीउ भण्डारको व्यवस्था, रासायनिक मल कारखाना खोल्ने, गरिब परिवारलाई परिचयपत्र दिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउने, निजगढ विमानस्थल निर्माणको कार्य अगाडि बढाउनेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिनु सकारात्मक रहेको उनको भनाइ छ ।

त्यस्तै, विपन्न परिवारलाई फुसको छानो हटाएर टिनको छानो दिने, मधेश प्रदेशका जिल्लामा गुणस्तरीय खानेपानी उपलब्ध गराउने, सबै खालका बाल शोषण अन्त्य गर्ने, सबै प्रदेशमा गुणस्तरीय अस्पताल स्थापना गर्ने र नागरिकताको समस्या समाधान गर्ने लगायतका विषय सकारात्मक रहेको उनले बताए । तर प्रदेश र स्थानीय सरकारको अधिकार खोस्नेगरी नीति तथा कार्यक्रम आएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?