सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०८०
|
|
५३ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

सारांश

  • काठमाडौं ।
  • साठी  किलो सुन तस्करी प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ ।
  • साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

काठमाडौं । साठी  किलो सुन तस्करी प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ । साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो । सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बताएको छ ।

सुन तस्करीका प्रमुख व्यक्ति मध्ये उनि पर्छन् । उनलाई भारतको सशस्त्र सीमा बल (एसएसबी)ले साउन ३ गते पश्चिम बंगाल सिलिगुढीबाट पक्राउ गरेको थियो । उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको बताइएएको छ । योङसिनमाथि सोधपुछ गर्दा नेपाली नागरिकता देखाएका थिए । तर एसएसबीलाई शंका लागेर चेकजाँच गर्दा उनीबाट चिनियाँ पासपोर्ट र अन्य कागजात बरामद भएको थियो ।

चिनियाँ जासुस हुनसक्ने आशंकामा उनीमाथि अनुसन्धान जारी छ । एक भारतीय अनलाइन मिलिनियम पोष्टले योङसिनले काभ्रे जिल्ला प्रशासनबाट जारी भएको नागरिकता देखाएका थिए। उनीमाथि भारतीय सेनाले समेत अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख गरेको छ ।

उनीमाथि जारी रहेको अनुसन्धान टुंगो नलागेको सूचना सिआइबीले प्राप्त गरेको छ । चिनियाँ नागरिक भएकाले नेपालमा पठाउने हो वा होइन भन्ने यकिन नभएको पनि सिआइबी स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
राउटे समुदायको व्यवस्थापन गर्न माग
राउटे समुदायको व्यवस्थापन गर्न माग
निर्माण ब्यबसायी महासंघको सबै पदमा निर्वाचन हुने
निर्माण ब्यबसायी महासंघको सबै पदमा निर्वाचन हुने
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा
१४ नेपाली चीनको चाँगामा
१४ नेपाली चीनको चाँगामा
यौनजन्य हिंसासम्बन्धी कसुरमा हदम्याद हटाउने कि बढाउने ?
यौनजन्य हिंसासम्बन्धी कसुरमा हदम्याद हटाउने कि बढाउने ?
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता
उम्मेदवारी फिर्ता लिदै निरज आचार्यले भने– केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा