बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
सारांश
- १५ असार, बर्दिया ।
- बर्दियामा मतगणना सुरु भएको छ ।
- ८ वटा स्थानीय तह रहेको बर्दियामा अहिले मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाको मतगणना सुरु भएको हो ।
१५ असार, बर्दिया । बर्दियामा मतगणना सुरु भएको छ । ८ वटा स्थानीय तह रहेको बर्दियामा अहिले मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाको मतगणना सुरु भएको हो ।
अन्य स्थानको ९ बजेपछि सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।
मधुवन नगरपालिकामा खसेको २१ हजार ७ सए ९० मत मध्ये १ हजार मत गणना भएको छ । जसमा नेकपा माओवादी केन्द्रले ३ सए ९४ मतका साथ अगाडि रहेको छ भने नेपाली काग्रेस ३ सए ४८ मत र नेकपा एमाले १ सए ३७ मत प्राप्त गरेको छ सोही नगरपालिकाको उपमेयरमा पनि माओवादिकै अग्रता रहेको छ ।
मतगणना भैरहेका ३ वटा नगरपालिका र एउटा गाउँपालिकाको माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा अग्रता लिइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया