कपिलले गरे उदाहरणीय काम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
कपिलले गरे उदाहरणीय काम

सारांश

  • एजेन्सी।
  • चर्चित कमेडियन कपिल शर्मा ‘द कपिल शर्मा शो’ लिएर फेरि टेलिभिजनमा फर्किइसकेका छन्।
  • यसअघि जस्तै यो शो निकै लोकप्रिय भइरहेको छ।

एजेन्सी। चर्चित कमेडियन कपिल शर्मा ‘द कपिल शर्मा शो’ लिएर फेरि टेलिभिजनमा फर्किइसकेका छन्। यसअघि जस्तै यो शो निकै लोकप्रिय भइरहेको छ। योसँग कपिलले यस्तो काम गरेका छन्, जुन कामप्रति कपिलको प्रशंसा भइरहेको छ। कपिलका फ्यान कपिलप्रति गर्व गरिरहेका छन्।

पंजाबी फिल्मका अमिताभ बच्चन मानिने अभिनेता सतिश कोल अहिले बिमारी छन्। सतिश धेरै बिमारी छन्। उनलाई पैसा र राम्रो उपचारको आवश्यक छ। यस्तो अवस्थामा कपिल सतिशलाई सहयोग गर्न अग्रसर भएका छन्।

सामाजिक संजालमार्फत कपिल शर्माले सतिश बिमारी भएको थाहा पाए। उनले सामाजिक संजालमार्फत नै सतिशको फोन नम्बर र ठेगाना मागेर सहयोग गर्न पुगे।

पंजाबी फल्मका सुपरस्टार सतीश कोलले हिन्दी फिल्ममा पनि अभिनय गरेका छन्। उनले ‘आग ही आग’, ‘खुनी महल’, ‘राम लखन, ‘आन्टी नम्बर वन’, ‘कर्मा’ र प्यार त होना ही था जस्ता फिल्ममा उनले अभिनय गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?