‘बाटो कसरी जेब्राक्रसविना ?’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
‘बाटो कसरी जेब्राक्रसविना ?’

सारांश

  • काठमाडौं : पूर्वपर्यटनमन्त्री एवं माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगर फेसबुकमा प्रश्न गर्दै लेख्नुहुन्छ, ‘जेब्राक्रस प्रस्ट कोरेर पो जरिवानाको व्यवस्था गर्ने कि ?
  • ‘ हास्य कलाकार नारद खतिवडाले पनि जथाभावी बाटो काट्नेलाई जरिवाना तिराउनुअगाडि सडकमा देखिनेगरी जेब्राक्रस पोत्न सुझाउनुभएको छ ।
  • कलंकीदेखि त्रिपुरेश्वरसम्म आउँदा जम्मा दुई ठाउँमा जेब्राक्रस छन् ।

काठमाडौं : पूर्वपर्यटनमन्त्री एवं माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगर फेसबुकमा प्रश्न गर्दै लेख्नुहुन्छ, ‘जेब्राक्रस प्रस्ट कोरेर पो जरिवानाको व्यवस्था गर्ने कि ? ‘ हास्य कलाकार नारद खतिवडाले पनि जथाभावी बाटो काट्नेलाई जरिवाना तिराउनुअगाडि सडकमा देखिनेगरी जेब्राक्रस पोत्न सुझाउनुभएको छ ।

कलंकीदेखि त्रिपुरेश्वरसम्म आउँदा जम्मा दुई ठाउँमा जेब्राक्रस छन् । भएका पनि सजिलै देख्न सकिँदैन । माइतीघरदेखि तीनकुनेसम्म चार ठाउँमा छन् । दुई किलोमिटर बढी लामो सडकमा जम्मा चार ठाउँमा जेब्राक्रस राख्नु र पैदलयात्रीलाई जेब्राक्रसबाट बाटो काटिनस् भन्दै जरिवाना तिराउनु कत्तिको व्यावहारिक होला ?गौशालादेखि कोटेश्वरसम्म आइपुग्दा तीन ठाउँमा जेब्राक्रस राखिएका छन् तर ती देखिँदैनन् ।

सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधारबिनै पैदलयात्रीले सकस व्यहोर्दै आएका छन् । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय जरिवाना र दुई सय नबोक्नेलाई तीन घण्टा नियन्त्रणमा लिएर छाड्ने अव्यावहारिक नियम लागू गरेसँगै पैदलयात्री मारमा परेका हुन् ।

सडकमा हुनुपर्ने न्यूनतम पूर्वाधार सडक पेटी, जेब्राक्रस, आकाशेपुल सम्भाव्य स्थानमा नराखी ट्राफिक प्रहरीले जरिवाना लिनु अव्यावहारिक भएको ट्राफिकविज्ञ आशिष गजुरेल बताउनुहुन्छ । ‘पहिला त सर्वसाधरणलाई चेतना अभिवृद्धिको खाँचो छ, त्यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ । उपत्यकामा मुलुकभरका मानिस घुम्न आउँछन्, उनीहरूलाई समेत थाहा हुने तवरबाट जानकारी दिनुपर्छ ।

एकैपटक जरिवाना तिराउने र तीन घण्टा उभ्याउने प्रवृत्ति राम्रो होइन, यसलाई रोक्नुपर्छ’, गजुरेल भन्नुहुन्छ, ‘कुल जनसंख्याको १० प्रतिशत पनि ट्राफिक नियमबारे जानकार नभएको अवस्थामा एकैपटक यो नियम लाद्न खोज्नु सरकारी निकम्मा हो ।’ उहाँले मापसे र हर्न निषेधको कारबाही राम्रै भए पनि पछिल्लो ट्राफिक कारबाहीले पैदलयात्रीमाथि अन्याय भएको बताउनुभयो ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?