बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !

सारांश

  • काठमाण्डौ ।
  • संसदमा विचाराधीन संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने संकेत देखिएको छ ।
  • मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकपछि यो संकेत देखिएको हो ।

काठमाण्डौ । संसदमा विचाराधीन संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने संकेत देखिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकपछि यो संकेत देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव अघि बढ्न नसक्ने अडान लिएपछि बैठक विना सहमति टुंगिएको थियो ।

मंगलबारको बैठक लगत्तै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक प्रभावशाली नेताले अब संविधान संशोधन प्रस्ताव अघि नबढ्ने कुराको संकेत गरेका हुन् ।

कांग्रेस नेता विमलेन्द्र निधिले तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले लिएका अडान र राखेको नयाँ प्रस्तावका कारण तत्काल संशोधन प्रस्ताव अघि नबढ्ने बताएका छन् ।

बालुवाटार बैठक सकिएको केही घण्टापछि आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै नेता निधिले भनेका छन्,‘संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुईतिहाई नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि नबढ्ने भो यसबारे आजै राजपासँग बैठक छ ।’

कांग्रेस नेता निधिको यो भनाईसँगै अब संविधान संशोधन प्रस्ताव अघि नबढ्ने निश्चित भएको देखिएको छ । मंगलबारै एमाले र राप्रपाबीच पनि संविधान संशोधनकै विषयमा छलफल भएको थियो ।

सम्भवत कांग्रेस नेता निधिको यो प्रतिक्रियासँगै राप्रपाले पनि संविधान संशोधनको पक्षमा नउभिने सम्भवनाको संकेत देखिदै गएको छ । यद्यपि, राप्रपाले भने संविधान संशोधनको पक्ष–विपक्षमा निर्णय गरिसकेको छैन ।  कांग्रेस नेता निधिको यो प्रतिक्रियासँगै एमालेले राखेको अडान सफल हुने संकेत देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
एक बर्षभित्र मुलुकभर फ्रि वाइफाइ
एक बर्षभित्र मुलुकभर फ्रि वाइफाइ
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद
झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !
ओली प्रधानमन्त्री बनेलगत्तै माधव नेपाल डराउन थाले, पार्टी फुटाइदिने चिन्ता
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष

तपाईंले छुटाउनुभयो कि?