यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा

सारांश

  • यौन दुर्व्यवहारको मुद्दामा ओलम्पिक जिम्नास्टिक्स टोलीका पूर्व निर्देशक लैरी नस्सारलाई सजाय सुनाएपछि अमेरिकी जिम्नास्टिक्स बोर्डका सबै पदाधिकारीले राजीनामा दिएका छन् ।
  • अमेरिकी ओलम्पिक समितिले राजीनामा गर्न निर्देशन दिएपछि सबैले बोर्ड छोड्नु परेको हो ।
  • बोर्डका एक सदस्यका अनुसार अमेरिकी ओलम्पिक समितिले राजीनामा दिन आदेश दिएको थियो, जसलाई बोर्डले मानेको हो ।

यौन दुर्व्यवहारको मुद्दामा ओलम्पिक जिम्नास्टिक्स टोलीका पूर्व निर्देशक लैरी नस्सारलाई सजाय सुनाएपछि अमेरिकी जिम्नास्टिक्स बोर्डका सबै पदाधिकारीले राजीनामा दिएका छन् ।

अमेरिकी ओलम्पिक समितिले राजीनामा गर्न निर्देशन दिएपछि सबैले बोर्ड छोड्नु परेको हो । बोर्डका एक सदस्यका अनुसार अमेरिकी ओलम्पिक समितिले राजीनामा दिन आदेश दिएको थियो, जसलाई बोर्डले मानेको हो । राजीनामा नदिए मान्यता रद्द गर्ने चेतावनी समितिको थियो ।

१६० पीडितको बयानका आधारमा अमेरिकी ओलम्पिक जिम्नास्टिक्स टोलीका पूर्व निर्देशक लैरी नस्सारलाई १७५ वर्षको जेल सजाय सुनाएको थियो । त्यस्तै अमेरिकी जिम्नास्टिक बोर्डका पाँच निर्देशकले पनि राजीनामा दिएका छन् ।

मिसिगन स्टेट विश्वविद्यालयका पदाधिकारीले पनि राजीनामा दिएका छन् किनकी यस विषयमा उनीहरुको पनि नाम जोडिएको छ । मिसिगन स्टेट विश्वविद्यालयलाई यौन दुर्व्यवहारका विषयमा जानकारी हुँदा हुँदै पनि रोक्नका लागि पहल गर्न सकेको थिएन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?