नेकपा फुट्ला र पालो आउँछ भन्ने नसोचे हुन्छः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेकपा फुट्ला र पालो आउँछ भन्ने नसोचे हुन्छः प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ भन्दै कडा जवाफ फर्काएका छन् ।
  •  मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
  • उनले भने,‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ भन्दै कडा जवाफ फर्काएका छन् । मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ। नेकपामा झगडा भएर सत्ता हामीकहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न, अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।’

असार भित्रै पार्टी एकता हुन्छः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको काम असार मसान्तभित्रै सकिने बताएका छन्। पार्टी एकता टुंग्याउन केही अलमल देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले यो आर्थिक वर्ष्भित्रै पार्टी एकता पूर्ण रुपमा सक्ने बताए।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताए। उनले एकता टुंगिन केही समय लाग्दा खिसीट्युरी गरिएको बताए।

मदन भण्डारी जस्तै हत्या हुन सक्छः दाहाल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता मदन भण्डारीको जस्तै हत्याकाण्ड नहोला भन्न नसकिने बताएका छन् । राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको प्रचण्डको स्विकारोक्ति थियो ।शनिबार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन् । उनले मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेरभन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत गरे । मदन भण्डारी हत्या, भण्डारीका चालक अमर लामाको हत्या र दरबारहत्याकाण्डजस्ता ठूला ठूला हत्याकाण्डको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै अहिलेसम्मको सरकार यसमा चुकेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?