नेपाली धावक पार्कीलाई स्वर्णपदक
सारांश
- १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ ।
- त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धा्रित दूरी १४ मिनेट ५४.
- २० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो ।
१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धा्रित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो ।
सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गर्नुभयो । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया